आज जैविक विविधता दिवस

हिमाल प्रेस १ माघ २०८० ८:१२
2
SHARE
आज जैविक विविधता दिवस

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ माघ १ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदैछ।

२०७९ सालमा सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो। माघ १ गतेदेखि साताव्यापी रूपमा यो दिवस मनाउने निर्णय भएको कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले बताए। माघ १ गते दिवस भए पनि सार्वजनिक बिदाका कारण माघ ४ गते मूल कार्यव्रmम गर्ने तयारी भइरहेको उनले बताए।

माघ १ देखि ७ सम्म दिवसका अवसरमा मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गर्ने कार्यव्रmम रहेको उनले बताए।

कृषि आन्वंशिक स्रोत कृषि बाली एवं सम्बन्धित जंगली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्त्वका किरा र कृषि महत्त्वका सूक्ष्म जीवका बारेमा अन्तक्रिया तथा विचार गोष्ठीको आयोजना गरिने छ।

माघ ४ गते दिवस मूल समारोहसँगै कृषि जैविक एवं रैथाने बाली उपज प्रदर्शनी र सम्मान कार्यव्रmमको आयोजना गरिने महानिर्देशक केसीले जानकारी दिए। माघ ५ गतेदेखि ७ गतेसम्म रैथाने बाली परिकारको विविधीकरणको विषयमा तीन दिन तालिम कार्यव्रmमको आयोजना गरिने बताइएको छ।

नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महìव दिई राज्यको नीतिमा उल्लेख गरिएको बताउँदै उनले जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका रहेको बताए। जैविक विविधतामा नेपाल धनी देश भए पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेको उनले बताए।

कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेको बताउँदै उनले कतिपय सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परा एवं अवसरहरू कृषि जैविक विविधतासँग जोडिएका भए पनि त्यस्ता विशेष पर्व वा अवसरमा त्यसको प्रचारप्रसार भएको देखिँदैन।

प्रकाशित: १ माघ २०८० ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =