नेपाल-भारतबीच आयुर्वेदिक वस्तुको बजार पहुँचबारे छलफल

हिमाल प्रेस २९ पुष २०८० १२:५०
2
SHARE
नेपाल-भारतबीच आयुर्वेदिक वस्तुको बजार पहुँचबारे छलफल

काठमाडौँ- नेपाल र भारतबीच नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।

काठमाडौँमा शुक्रबार र शनिबार भएको व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा यी विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको थियो। दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए। भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न पेरिस महासन्धिको प्रावधानअनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको थियो।

बैठकमा समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहल कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल वंशलले गरेका थिए भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए।

प्रकाशित: २९ पुष २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =