नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

हिमाल प्रेस २७ पुष २०८० १८:२७
4
SHARES
नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ- पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रक्रिया अघि बढाउन आवश्यक भएको बताएका छन्। पाकिस्तान सार्कप्रति पूर्ण प्रतिवद्ध भएर अघि बढ्न चाहेको सन्देश दिइएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच. हस्मीले नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालसँगको भेटमा यस्तो धारणा राखेका हुन्। उनले शुक्रबार सचिव सेवालाई भेटेका हुन्। सेवा यसअघि पाकिस्तानको लागि राजदूत रहिसकेकी हुनाले उनीसँग खुलेर राजदूतले आफ्नो विषय राखे।

पाकिस्तानका परराष्ट्र सचिव मोहम्मद साइरस क्वाजीले सेवालाई पठाएको शुभकामना सन्देश पढेर सुनाउँदै उनले सार्क शिखर सम्मेलन र दुईपक्षीय सम्वन्ध विस्तारका जोड गरेको बताएका थिए। उनले दुईपक्षीय संयन्त्रहरू अघि बढाउँदा राम्रो हुने भन्दै त्यसमा जोड दिएका हुन्।

उनले शिक्षा, स्वास्थ्य, ट्राभल, व्यापार, जलवायु परिवर्तन, बेस्ट प्राक्टिस शेयर गर्नेलगायतका विषयमा छलफल गरेका थिए। उनले नेपाल र पास्कितानको सम्बन्ध अति नै निकट रहेको र यसलाई थप बलियो बनाउन कूटनीतिक संयन्त्रबाट पनि पहल गर्न पर्ने उनले बताए। स्थायी संयन्त्रहरू बीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

भेटबारे राजदूतले ट्विट गर्दै सहकार्यको विषय उठाएका छन्। उनले त्यहाँ सार्कको विषय पनि उठाएका छन्। नेपाल सार्कको वर्तमान अध्यक्षसमेत रहेको कारण यसमा पहल गर्न पाकिस्तानले आग्रह गरेको छ। विगत १० वर्षदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन। भारत र पाकिस्तानको सम्बन्धको कारण सार्क शिखर सम्मेलन हुन नसकेको भनिए पनि भारतलाई नेपाललेजोड गर्न पर्ने आशय अन्य सदस्य राष्ट्रले राख्दै आएको छ।

सचिव सेवाले पनि आफ्नो कार्यकालमा सक्दो दुईपक्षीय तथा बहुपक्षीय काममा नै जोड दिने जानकारी दिएकी छन्। उनले नेपालले छिमेकी र सार्क सदस्य मुलुक अनि शक्ति राष्ट्र, दाता राष्ट्र, रोजगारी दिने राष्ट्र लगायत गरेर प्राथमिकता चयन गरेर सहकार्य गरिरहेको बताइन्। उनले हरेक मुलुक पिच्छेको छुट्टै सम्बन्ध रहेको पनि बताउँदै पाकिस्तान नेपालको मित्र मुलुक रहेको बताए।

सेवा एक महिना अघि सचिव भएपछि छिमेकी र शक्ति मुलुकका राजदूतहरू उनलाई बधाई दिन आइरहेको छन्। कतिपय राजदूत आउने क्रममा पनि छन्। उनी नेपालको पहिलो महिला परराष्ट्र सचिव हुन्। न्यूयोर्कमा उप नियोग प्रमुख भएर आएकी सेवा पाकिस्तानमा राजदूत भइन् भने काठमाडौँ फर्केपछि राष्ट्रसंघ महाशाखा हेर्दै परराष्ट्र प्रवक्ताको भूमिकामा पनि उत्तिकै राम्रोसँग निर्वाह गरेकी थिइन्।

उनै सेवाले परराष्ट्रलाई कसरी अघि बढाउने भन्ने म्यापिङ गरिरहेकी छन्। उनले आफूलाई अब्बल सचिवको रुपमा परिचित राख्न केही सुधारको कार्य अघिबढाउने तयारी गरेकी छन्। उनी सचिव भए लगत्तै नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठक भयो यसमा उनले सचिव स्तरको छलफलमा राम्रो भूमिका निर्वाह गरेकी थिइन्।

प्रकाशित: २७ पुष २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =