पोखरालाई फागुनभित्रै पर्यटकीय राजधानी घोषणा गर्न सुझाव

हिमाल प्रेस २७ पुष २०८० ११:०९
14
SHARES
पोखरालाई फागुनभित्रै पर्यटकीय राजधानी घोषणा गर्न सुझाव

पोखरा- पोखरा सहरलाई फागुन महिनाभित्रै पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझावसहित अध्ययन समितिले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ।

समिति संयोजक तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटालेसहितले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्दै जानुपर्ने निष्कर्षसहितको ४५ पृष्ठ लामो प्रतिवेदन मुख्यमन्त्री पाण्डेलाई बुझाएका हुन्।

समितिले डेढ महिना लगाएर उक्त प्रतिवेदन तयार पारेको हो। प्रतिवदेनमा माघ मसान्तसम्म पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, पोखरा महानगरपालिका र नजिकका पालिकाहरूले राजधानी घोषणा गर्ने निर्णयसहित मुख्यमन्त्री कार्यालयमा पेस गर्ने कार्यसूची तोकिएको छ।

माघभित्रै प्रदेश सरकारले सबै निर्णय एकीकृत गरेर राजधानी घोषणाका लागि सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझावमा उल्लेख छ। राजधानी घोषणा गर्न आवश्यक पूर्वाधार, घोषणापछि हुनसक्ने प्रभावबारे सुक्ष्मरूपमा अध्ययन गरिएको संयोजक डा.देवकोटाको भनाइ छ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले प्रतिवेदनले दिएको तालिकाअनुसार नै काम गर्ने प्रतिबद्धता जनाए। यसअघि गण्डकी सरकारले नीति तथा कार्यक्रममार्फत नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने जनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =