आज यस्तो छ तपाईंको राशिफल

हिमाल प्रेस २७ पुष २०८० ६:३५
92
SHARES
आज यस्तो छ तपाईंको राशिफल

आज २७ गते शुक्रबार। पुस शुक्ल प्रतिपदा तिथि। जनवरी महिनाको १२ ताारिख। तपाईंको राशिफल हेर्नुहोस्।

मेष : काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धनलाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।

वृष : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मिथुन : काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

कर्कट : साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

सिंह : प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्त्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

कन्या : सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

तुला : बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

वृश्चिक : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

धनु : नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

मकर : सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

कुम्भ : साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

मीन :  शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ।

प्रकाशित: २७ पुष २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =