राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो

हिमाल प्रेस २६ पुष २०८० १५:११
16
SHARES
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो

सुर्खेत- सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ। आज भएको खेलमा गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो।

यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। पहिलो सेट गण्डकीले २५-२२ अंकले जित्यो। दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो।

उक्त सेटमा आर्मी २६-२४ अंकले विजयी भयो। तेस्रोमा गण्डकीले २६-२४ अंकले बाजी मार्‍यो। २४-२४ अंकको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित सहज भयो।

चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो। उक्त सेट गण्डकीले २५-२२ अंकले जित्यो। आजै उपाधिका लागि दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

एपीएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =