कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् राशिफल

हिमाल प्रेस २६ पुष २०८० ७:०३
90
SHARES
कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् राशिफल

मेष : आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

वृष : आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन : आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

कर्कट : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ ।

सिंह : आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

कन्या : आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

तुला : शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

वृश्चिक : आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिनसक्छन् । कुनै कुराले अनुहारमा चमक आउनेछ । आर्थिक क्षेत्रमा सामान्य सफलता मिल्ला ।

धनु : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

मकर : बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

कुम्भ : आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जाला ।

मीन : साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।

प्रकाशित: २६ पुष २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =