तनहुँको जिप दुर्घटनामा घाइतेमध्ये दुई जनाको मृत्यु

हिमाल प्रेस २५ पुष २०८० १८:५१
6
SHARES
तनहुँको जिप दुर्घटनामा घाइतेमध्ये दुई जनाको मृत्यु

पोखरा- तनहुँको भीमादमा जिप दुर्घटना हुँदा घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १० घाइते छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा नवलपुरको बौदीकाली-२ का ४२ वर्षीय रुमबहादुर बिक र बौदीकाली-२ कै डेढगाउँका ५५ वर्षीय जेमलाल दरै हुन्। दुर्घटनामा घाइते भएका उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको हो।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ७५३४ नम्बरको जीप जिप तनहुँको भीमादकोे मिर्छुलुङ डाँडामा मंगलबार बिहान साढे ९ बजे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले घाइतेमध्ये चार जनाको बेलचौतारामा र बाँकीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको बताए।

बेलचौतारामा नवलपुरको बौदीकाली २ का ४० वषी हरि ओझा, पाल्पा निस्ती १ का ६६ वर्षीय ज्ञानबहादुर राना, स्याङ्जा चापाकोट ६ का ४६ वर्षीय दीनानाथ कँडेल, पाल्पा रामपुर ७ का ३१ वर्षीय लक्ष्मण पंगेनीको उपचार भइरहेको छ।

यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा घाइतेहरू स्याङ्जा चापाकोट ६ की ३२ वर्षीय रेनु थापा र ६ वर्षीया रनिशा थापा, स्याङ्जा चापाकोट ६ की ४८ वर्षीया सेतु कार्की, पाल्पाको निस्ती २ की २७ वर्षीया पूजा सारु, भीमाद ३ का ६२ वर्षीय दण्डपाणि रिजाल र तनहुँकै घिरिङ ४ का ५० वर्षीय तिखे थापाको उपचार भइरहेको छ।

विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा जीप सडकबाट झन्डै १ सय ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ।

प्रकाशित: २५ पुष २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =