 
                             
                                            पोखरा- तनहुँको भीमादमा जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादकोे मिर्छुलुङ डाँडामा मंगलबार बिहान साढे ९ बजे दुर्घटना भएको हो।
तनहुँ प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको दुलेगौडास्थित जिपी कोइराला मेमोरियल अस्पताल र बाँकी ३ जनालाई पोखरा पठाइएको छ। घाइतेको पहिचान खुलेको छैन।
विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा ग १ ज ७५३४ नम्बरको जीप सडकबाट झन्डै १ सय ५० मिटर तल झरेर दुर्घटना भएको हो। जिपमा चालकसहित १२ जना रहेकोमा चालक प्रहरी नियन्त्रणमा छन्।
                            प्रकाशित: २५ पुष  २०८० १२:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 