प्राधिकरणले भन्यो : किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र आवेदन दिनू

हिमाल प्रेस २४ पुष २०८० ७:५३
2
SHARE
प्राधिकरणले भन्यो : किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र आवेदन दिनू

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बिजुलीको बक्यौता रकम बुझाउने सुविधा लिने भए ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

गोरखापत्रमा सूचना जारी गर्दै प्राधिकरणले बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी आवेदन दिन भनेको हो।

प्राधिकरणको सञ्चालक समितिको यही पुस १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।

विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिने छ।

प्रकाशित: २४ पुष २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =