काठमाडौँ र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस २८ भदौ २०८० ८:१३
2
SHARE
काठमाडौँ र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरुद्ध हुने

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ।

टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरुद्ध हुने भएको छ।

प्रकाशित: २८ भदौ २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =