प्रहरीलाई हातपात गर्ने पक्राउ

हिमाल प्रेस २३ पुष २०८० १३:३१
154
SHARES
प्रहरीलाई हातपात गर्ने पक्राउ

काठमाडौँ- चन्द्रागिरि नगरपालिका-३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: २३ पुष २०८० १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =