विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्त

हिमाल प्रेस २० पुष २०८० १२:०२
18
SHARES
विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौँ– विदुषी राणा नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्त भएकी छन्। रिपब्लिक अफ आइसल्याण्ड सरकारले व्यवसायी राणालाई महावाणिज्यदूत नियुक्त गरेको हो।

राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्डबीचको पर्यटन, संस्कृति आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्ने बताइन्। उनले भनिन्, ‘दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने मेरो प्रयास हुनेछ।’

राणाले नेपाल र आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनी गोल्डस्टार सुजकी कार्यकारी निर्देशक हुन्।

प्रकाशित: २० पुष २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =