नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

हिमाल प्रेस १९ पुष २०८० १४:०४
8
SHARES
नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

काठमाडौँ- नेपाल भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार दिउँसो सुरु भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन्।

तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ पुष २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =