भारतीय परराष्ट्रमन्त्रीले भेटे राष्ट्रपति र प्रधानमन्त्री

हिमाल प्रेस १९ पुष २०८० १२:३७
16
SHARES
भारतीय परराष्ट्रमन्त्रीले भेटे राष्ट्रपति र प्रधानमन्त्री सिंहदरबारमा प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री एस एस जयशंकर। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री र भारतीय परराष्ट्रमन्त्रीबीच  सिंहदरबार भेटवार्ता भएको हो। जयशंकरले काठमाडौँ झरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेका थिए।

आज बिहान ९ः३० मा उनी काठमाडौँ आएका हुन्। दिउँसो १ बजे होटल याक एन्ड यती पुगेर जयशंकरले नेपाली समकक्षी एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: १९ पुष २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =