नेपालीमा ट्विट लेख्दै जयशंकरले भने, नेपाल आउन पाउँदा अत्यन्त हर्षित छु

हिमाल प्रेस १९ पुष २०८० ११:५७
6
SHARES
नेपालीमा ट्विट लेख्दै जयशंकरले भने, नेपाल आउन पाउँदा अत्यन्त हर्षित छु भारतीय वायु सेनाको विमानबाट बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गर्दै परराष्ट्रमन्त्री एस जयशंकर। तस्बिर : जयशंकरको ट्विट

काठमाडौँ- नेपाल भ्रमणका लागि बिहीबार काठमाडौँ आएका भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले खुसी व्यक्त गरेका छन्। उनले बिहीबार काठमाडौँ अवतरण भएपछि सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘सन् २०२४ को मेरो पहिलो भ्रमणका रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु।’ आफू दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित रहेको पनि उनले उल्लेख गरेका छन्।

भारतबाट विशेष विमानमार्फत आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। परराष्ट्रमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछन्। यसैगरी उनले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल याक एन्ड यती पुगेर जयशंकरले नेपाली समकक्षी एनपी साउदसँग भेटावार्ता गर्नेछन्। त्यसपछि उनी संयुक्त आयोगको बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री जयशंकरले अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ।

साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्। भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्ने र ९ बजे त्रिवि पुस्ताकालय तथा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: १९ पुष २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =