अश्‍लील भिडियो पोस्ट गर्ने ३ युवा पक्राउ

हिमाल प्रेस १८ पुष २०८० ११:२६
104
SHARES
अश्‍लील भिडियो पोस्ट गर्ने ३ युवा पक्राउ

पोखरा- केटीको नामको फेसबुक आईडी बनाई हनी ट्रयापमा पार्न खोजेको आरोपमा ३ जना युवा पक्राउ परेका छन्।

चितवन प्रहरीको सहयोगमा उनीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। पक्राउ पर्नेमा पोखरा २९, तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर १३, टाँडीका २० वर्षीय प्रवेश रिमाल र सिरहाको लाहान १, रमाद मटियवराका २१ वर्षीय युनिक सिंह हुन्।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा केटीको नामको नक्कली फेसबुक बनाई पुरुष व्यक्तिलाई साथी बनाई अश्‍लीन भिडियो देखाएर हनी ट्रयाप पार्न खोजेको अभियोग छ।

जसमा उनीहरूले अश्‍लील भिडियो स्क्रिन रेकर्ड गरिसकेपछि रकमको बार्गेनिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिने धम्की दिँदै आएको सूचना आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकले बताए।

उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर र विद्युतीय अपराधसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रकाशित: १८ पुष २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =