प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा

हिमाल प्रेस १७ पुष २०८० १७:५४
22
SHARES
प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौँ- रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि आउने भएपछि पालिकाले बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो।

बिहीबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्थालगायत गाउँपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ।

प्रकाशित: १७ पुष २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =