मध्य तमोरमा कार्यरत मजदूरको मृत्यु

हिमाल प्रेस १७ पुष २०८० ९:०९
10
SHARES
मध्य तमोरमा कार्यरत मजदूरको मृत्यु प्रतिनिधिमूलक तस्बिर

ताप्लेजुङ- ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

विद्युतीय तार मिलाउने क्रममा हिजो तमोर नदीमा खस्दा भारत पश्चिम बङ्गालको माल्टाटाउनका २२ वर्षीय मुकेश शाहीको ज्यान गएको हो।

मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङमा रहेको विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेका उहाँको ज्यान गएको हो।

प्रकाशित: १७ पुष २०८० ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =