परराष्ट्र अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा खुल्यो आवेदन (सूचनासहित)

हिमाल प्रेस १७ पुष २०८० ७:५०
178
SHARES
परराष्ट्र अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा खुल्यो आवेदन (सूचनासहित)

काठमाडौँ- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको हो। यस अघि पनि पटक पटक आवेदन माग गरेर तत्कालिन सचिव भरतराज  पौड्यालले छनौट भएका व्यक्ति प्रति व्यक्तिगत रिसिवी राखेर नियुक्त नगरी म्याद नै गुजारेका थिए।

छानिएका व्यक्तिले उनीलाई आफूलाई नियुक्ति नदिनुको कारण पनि माग गरेका थिए। कुनै कारण नदिइकन नै त्यसो गरेकाले उनले सचिवको कार्यालयमा नै गएर चर्को स्वर गर्न परेको थियो। सचिवको व्यवहार त्यस्तो भएकाले उनलाई राष्ट्रस‌ंघ नपठाएकाे र त्यहाँ उनी भन्दा कनिष्ट र अब्बल ब्यक्तिलाई पठाइएकाे थियो। तर पछि उनले अनेकन तिकडम गरेर क्यानडामा राजदूतको पद लिए। जुन कांग्रेसको कोटाका लागि छाडिएको थियो। उनै सचिव पौड्यालको कारण डेढ वर्षदेखि आईएफए नेतृत्व विहिन भएको छ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ। मन्त्रालयले अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक योग्यता तोकेको छ। आईएफए कूटनीतिक मामिला सम्बन्धि अध्ययन अनुसन्धान गर्ने सरकारी थिंक ट्यांक हो। यसमा कार्यकारी निर्देशक प्रमुख रहने व्यवस्था छ। परराष्ट्र मन्त्रालयले यसलाई बजेट दिन भने कन्जुस्याई गर्दै आएको छ। जसको कारण यसले राम्रोसँग काम गर्न सकेको छैन।

प्रकाशित: १७ पुष २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =