प्रधानमन्त्रीले भने : बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हो

हिमाल प्रेस १६ पुष २०८० १७:४८
20
SHARES
प्रधानमन्त्रीले भने : बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हो

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको आशंका व्यक्त गरेका छन्। सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको विमर्श सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

उनले यो घटनाबारे सुरक्षा निकायसँग ब्रिफिङ लिँदा बाहिर देखिएजस्तो सामान्य नभएको पनि बताए।

‘म अहिले सबै भन्न चाहन्न। केही चिज गम्भीर लागेको छ। सामान्य छैन यो। त्यो दुईजना युवाहरुको जस्तो परिवेशमा, जसरी हत्या भएको छ। इपिएसमा जे–जस्ता गतिविधि भएका छन्। गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ,’ उनले भने, ‘यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ। चिज त्यस्तो छैन। जस्तो देखिएको छ। त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभुत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त हैन। अहिले कुनै प्रुफ त होइन।’

मृतक युवाका परिवारलाई रोगजारी दिने र सहिद घोषणा गर्नेबारे पनि राजनीतिक तहमा छलफल भइरहेको दाहालको भनाइ छ। देशमा अध्याँरोबाहेक केही सम्भावना बाँकी नभएको बताउनेहरू राष्ट्रवादी हुन नसक्ने पनि उनले बताए।

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई अपील गरे। उनले तीन प्रमुख राजनीतिक दलका शिर्ष नेताका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमती भएको पनि बताए। प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालिन नेताहरू कुनै न कुनै रुपमा बीपी कोइरालाकै स्कुलिङबाट दिक्षित भएको बताए।

प्रकाशित: १६ पुष २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =