रवि लामिछानेले भने : समुद्रमा हराएको टाइटानिक भेटिएला, गृहमन्त्रीमा नैतिकता भेटिँदैन

हिमाल प्रेस १६ पुष २०८० १२:१९
38
SHARES
रवि लामिछानेले भने : समुद्रमा हराएको टाइटानिक भेटिएला, गृहमन्त्रीमा नैतिकता भेटिँदैन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जवाफ दिन पुगेका श्रेष्ठमाथि लामिछानेले विदेश गएर भए पनि पेट पाल्छु भन्ने युवाको हत्या गृह प्रशासनले गरेको आरोप लगाएका हुन्।

उनले भने, ‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भनेको युवाको हत्या गर्‍यो।’

गोली चलेको विषयमा गोलमटोल जवाफ दिएका गृहमन्त्री श्रेष्ठको नैतिकता नभएको पनि लामिछानेको भनाइ छ। ‘समुद्रमा हराएको टाइटानिक भेटिएला तपाईंमा नैतिकता भेटिँदैन’ उनले भने,’मान्छेको छाती घुँडाभन्दा तल हो? आदेशमा त घुँडाभन्दा तल चलाउनु भन्ने छ त।’

‘तपाईंको स्पिरिटभित्र प्रहरी रहेन। गृहमन्त्री त्यो नारायणकाजी रहेन। पदको लोभमा बसेको नारायणकाजी रह्यो,’ उनले भने, ‘तपाईंलाई आदर्श नेताको रुपमा हेरेको हो, तपाईंको स्पिरिट प्रहरी प्रशासनले काम गर्न छाड्यो। नैतिकताको प्रश्न खडा भएको छ। म सिकारु राजनीतिज्ञले नैतिकता सिकाउने हैसियत त राख्दिन। तर गृह प्रशासन काम गर्न दिने अवस्थामा छैन।’

प्रकाशित: १६ पुष २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =