बालकुमारी घटनाबारे आईजीपी भन्छन् : मन्त्री नगएको भए घटना हुने थिएन

हिमाल प्रेस १६ पुष २०८० १०:२०
772
SHARES
बालकुमारी घटनाबारे आईजीपी भन्छन् : मन्त्री नगएको भए घटना हुने थिएन फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले बालकुमारीमा घटनाको दिन मन्त्रीको गाडी नगएको भए यो अवस्था नै नआउने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उल्लेख गरेका हुन्। साथै उनले मन्त्रीको सुरक्षा जोखिमलाई ध्यान दिएर बल प्रयोग भएको पनि बताए।

उनले भने, ‘उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ। बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन्। मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो।’

घटनाबारे थप स्पष्ट पार्न उनले थपे, ‘प्रदर्शनकारी १३ गते बिहान बिनालिडर उत्रनुभयो। ११:३० मा प्रहरीले सामान्य बल प्रयोग गर्‍यो। ११:५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो। त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन।’

मन्त्रीलाई नै धकेलाधकेल गर्न थालेपछि पीएसोले भौतिक पुर्वाधार विकासमन्त्री प्रकाश ज्वालालाई सुरक्षित स्थानमा लगेको कुँवरको भनाइ छ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो। उक्त घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक आयोग बनाउने निर्णय गरिसकेको छ।

प्रकाशित: १६ पुष २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =