बालकुमारी क्षेत्र तनावग्रस्त, आन्दोलनरत २१ वर्षीय युवकको मृत्यु

हिमाल प्रेस १३ पुष २०८० १४:१९
66
SHARES
बालकुमारी क्षेत्र तनावग्रस्त, आन्दोलनरत २१ वर्षीय युवकको मृत्यु

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषामा अनुत्तीर्ण युवाले गरेको  विरोध प्रदर्शनका क्रममा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि शुक्रबार  ललितपुर बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। बेरोजगार युवाले आन्दोलन जारी राखेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हट्न भनिरहेको छ। तर युवाहरूले हट्न नमानेपछि प्रहरीसँग झडप भएको छ। प्रहरीका अनुसार झडपमा जुम्लाका  २१ वर्षीय युवक सुजन राउतको ज्यान गएको छ।

आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ। प्रहरीको आक्रमणबाट प्रहारबाट घाइते शाहको उपचारका क्रममा पाटनस्थित किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। किस्ट अस्पतालका चिकित्सक डा.अमिस पाठकका अनुसार घाइते युवकलाई १२:४० बजे अस्पताल पुर्‍याइएको थियो।

‘स्थानीयले अचेत अवस्थामा एक युवकलाई अस्पताल ल्याउनु भएको थियो। युवकको छातीमा रातो डाम थियो,’ उनले हिमाल प्रेससँग भने, ‘घाइतेलाई १२:४० बजे अस्पताल ल्याइएको थियो। अस्पतालले १:१७ बजे मृत्यु भएको घोषणा गरेको छ।’ स्थिति साम्य पार्न प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएको छ। अर्का एक युवक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

युवाको समूह पुन: भाषा परीक्षा लिन पाउनुपर्ने माग गर्दै बिहानैदेखि ईपीएसको कार्यालयमा पुगेका थिए।

 

बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]

प्रकाशित: १३ पुष २०८० १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =