जंगलमा क्षतविक्षत अवस्थामा भेटियो सासू-बुहारीको शव

हिमाल प्रेस ९ पुष २०८० ८:३१
8
SHARES
जंगलमा क्षतविक्षत अवस्थामा भेटियो सासू-बुहारीको शव प्रतिनिधिमूलक तस्बिर

नवलपुर- नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट एकै घरका सासू–बुहारीको ज्यान गएको छ ्।

घरबाट आइतबार दिउँसो घाँस काटन सँगै निस्केका सासू-बुहारी साँझ सम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जंगलमा खोजतलाश गर्दा आज बिहान सासु बुहारी दुबैको बाघले आक्रमण गरी शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।

विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा दुई महिलाको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाघको आक्रमणबाट स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको ज्यान गएको र आज बिहान शव जंगलमा भेटिएको हो।

मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकोले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाईएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।

प्रकाशित: ९ पुष २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =