पहिरोका कारण नवलपुरको पहाडी क्षेत्रमा यातायात ठप्प

हिमाल प्रेस १६ असार २०८० १३:३८
4
SHARES
पहिरोका कारण नवलपुरको पहाडी क्षेत्रमा यातायात ठप्प पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिबार परेको वर्षाका कारण खसेको पहिरोले बाटो बन्द भएपछि रोकिएको एम्बुलेन्ससहितका सवारी साधन । लेदो पहिरोका कारण राजमार्ग अवरुद्ध छ। तस्बिर- कृष्ण न्यौपाने/रासस

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिरोको कारण अवरुद्ध भएको छ।

जिल्लाको दलदले-कुमसोत-पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका-५ पांग्रे र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले जानकारी दिए।

पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए। नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन्।

पहिराले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ।

यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ। कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्ण रूपमा बन्द भएको प्रमुख पौडेलले बताए।

जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए।

प्रकाशित: १६ असार २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =