चटके नेताहरूले गर्दा कांग्रेस बदनाम भयो : कोशी मुख्यमन्त्री कार्की

हिमाल प्रेस ६ पुष २०८० १८:५८
20
SHARES
चटके नेताहरूले गर्दा कांग्रेस बदनाम भयो : कोशी मुख्यमन्त्री कार्की

कटारी- काेशीका मुख्यमन्त्री केदार कार्कीले नेताहरू सामाजिक सञ्जालमा लाइक र कमेन्टका लागि मात्रै बाेल्ने गरेकाले का‌ंग्रेस कमजाेर भएकाे बताएका छन्।

नेपाली कांग्रेस उदयपुरकाे कटारीमा शुक्रबार आयाेजित जिल्ला सम्मेलनमा मुख्यमन्त्री कार्कीले पार्टीका नेतृत्व तहका नेताहरू भाेट लिएर जाने तर फर्केर नआउने गरेकाले पार्टी कमजोर बनेको बताएका हुन्।

‘पार्टीका जिम्मेवार पदमा बस्नेहरूले नै अहिले पार्टी सकिएकाे सार्वजनिक अभिव्यक्ति दिँदै आउनु भएकाेले पनि पार्टीलाई कमजाेर बनाइरहेकाे छ,’ उनले भने, ‘जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेवार पदमा बसेका चटके नेताहरूका कारण पार्टी पंक्ति नै बदनाम भइरहेकाे छ।’

मुख्यमन्त्री कार्कीले पार्टीलाई कमजाेर बनाउने नेताहरूले दिँदै आएकाे अभिव्यक्ति जस्ताे तल्लाे तहमा अवस्था नभएकाे सबैलाई बुझ्न जरूरी रहेकाे बताएका हुन्। ‘जिम्मेवार नेताहरूकाे चटकले आजित भएका जनताकाे सपना काेशी प्रदेश सरकारले पूरा गर्ने प्रक्रिया सुरू गरिसक्याे।’

क्रमभंग गरेर बनेकाे प्रदेश सरकारलाई जनताकाे सरकार भएकाे अनुभूति गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित: ६ पुष २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =