मेवा खेतीबाट मासिक डेढ लाख आम्दानी

हिमाल प्रेस ६ पुष २०८० १५:३२
6
SHARES
मेवा खेतीबाट मासिक डेढ लाख आम्दानी

मन्थली– रामेछाप जिल्लामा व्यावसायिक अनार खेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले अहिले मेवा खेती गरिरहेका छन्। व्यावसायिक रूपमा गरिएको मेवा खेतीबाट उनले मासिक १ लाख ५० हजार आम्दानी गर्दै आएका छन्। अनारभन्दा बढी मेवामा फाइदा हुने भएपछि आफू मेवा खेतीतर्फ आकर्षित भएको आचार्यले बताए।

रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला किनारमा उनको मेवा खेती छ। जहाँ उनले ५०० मेवाका बोट लगाएका छन्। सबै खर्च कटाएर वार्षिक आम्दानी १८ लाखसम्म हुने गरेको उनको भनाइ छ।

आचार्यले मेवा खेतीभित्र कागती र केरा पनि रोपेका छन्। उनका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ । हरियाली समृद्ध कृषक समूहको नामबाट उनले दुई वर्षअघि मेवा खेती सुरु गरेका थिए।

कृषक आचार्यले भने, ‘पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा १५० केलाेसम्म फल्ने गरेको छ।’ आचार्यले १२० रुपैयाँ प्रतिकिलो मेवा बिक्री गर्दै आएका छन्। जसले गर्दा एउटै बोटबाटै १८ हजारसम्म कमाइ भएको उनको अनुभव छ। आफूजस्ता कृषकलाई राज्यले विशेष सहयोग तथा अनुदान दिनुपर्ने उनको जोड छ।

–रासस

प्रकाशित: ६ पुष २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =