एमालेको संकल्प यात्रा : जनताका निराशा हटाउन सफल भएको दाबी

हिमाल प्रेस १ पुष २०८० २०:५२
12
SHARES
एमालेको संकल्प यात्रा : जनताका निराशा हटाउन सफल भएको दाबी

काठमाडौँ- नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज (आइतबार) सकिएको छ। पाँचथरको याङवरक गाउँपालिका–१, चिवाभञ्ज्याङमा झण्डोत्तोलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गरे।

एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्यूरोका सदस्य, केन्द्रीय कमिटीका सदस्य, जनप्रतिनिधिलगायत उक्त अभियान सम्पन्न गर्न आइतबार बिहान चिवाभञ्ज्याङ पुगेका थिए।

पुष्पलाल ९मध्यपहाडी० राजमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरुवात भएको थियो। झण्डोत्तोलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतीक स्तम्भको अनावरण गरे। उक्त कार्यक्रमका लागि आसपासको क्षेत्रबाट एमाले समर्थक तथा कार्यकर्ता उक्त स्थानमा पुगेका थिए।

यसअघि पाँचथरको फिदिममा शनिबार एमालेले सन्देशसभा आयोजना गरेको थियो भने आज पाँचथरको याङवरक-१ च्याङथापूमा कोणसभा गरेको थियो। ३ हजार १२८ मिटरको उचाइमा अवस्थित चिवाभञ्ज्याङ भारतको सिक्किम प्रान्तसँग सीमा जोडिएको स्थान हो।

नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गरेका छन्। एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान यात्राको संज्ञा दिँदै उनले यात्राका बीचमा जनताका आकांक्षा बुझ्ने अवसर प्राप्त भएको बताए। उनले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताए।

राजनीतिक हिसाबले देशको बिग्रँदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादी जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको दाबीसमेत उनले गरे। साथै अध्यक्ष ओलीले अन्य दल, सरकार र मुलुकलाई यो अभियानले प्रत्यक्ष प्रभाव पारेको बताए। – राससको सहयोगमा

प्रकाशित: १ पुष २०८० २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 9 =