मासिँदै जौखेती

हिमाल प्रेस १ पुष २०८० ९:५१
54
SHARES
मासिँदै जौखेती

रुकुमपूर्व- रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त गरिने जाैखेती हराउँदै गएको छ। कुनै समय जिल्लाको प्रमुख बालीभित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा अहिले बिरलै देखिने गरेको हाे। अहिले पूजाआजामा आवश्यक पर्ने जाैसमेत जिल्लामा उत्पादन हुन छाडेको छ।

५/६ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगंगा गाउँपालिका-१ मैकोटमा सबैका बारीमा जाै उम्रिएर हरियाली देखिन्थ्यो। अहिले ती सबै खेतबारी खाली छन्। स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा, खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेकाे बताए।

मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उनले बताए। उनले भने,‘पहिले सबैले बारीमा जाैखेती हुने गर्दथ्यो। पछि विस्तारै मानिसले जाैखेती गर्न छाड्दै गए।’

जाैखेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जाैखेती नगरेको जानकारी दिए। ‘पहिले जाै उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो’, उनले भने,‘जाैबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो।’

वस्तुभाउलाई दानाका रूपमा पनि जाै प्रयोग गरिन्थ्यो। अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जाैसमेत उत्पादन हुन छाडेको उनको भनाइ छ।

मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जाै भित्र्याउने बेलामा स्थानीय यार्सा संकलन गर्न जाने हुँदा पछिल्लो समयमा जाैखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए।

यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जाैखेती गरिँदै आइएको छ। सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जाैखेती हुने गरेको छ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जाैबाट बनेका परिकार मन नपराउने हुँदा जाैखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताए। उनले भने,‘विगतका तुलनामा जाैखेती मात्र नभइ रैथाने बालीहरू लोप हुँदै गएका छन्।’ रासस

प्रकाशित: १ पुष २०८० ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =