सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र

हिमाल प्रेस ३० मंसिर २०८० १४:०१
12
SHARES
सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र

काठमाडौँ- सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतसँग सुझाव लिन थालेको छ।

सशस्त्र प्रहरीले संगठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतबीचमा सशस्त्र प्रहरीको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्त्वपूर्ण र फलदायी रहने बताउँदै गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्तिविकासका लागि मार्गदर्शकसमेत हुने बताए।

सुझाव संकलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी थिए।

उनीहरूले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरुप लाग्नुपर्ने सुझाव दिएका छन्। शुक्रबारबाट सुरु उक्त सुझाव लिन कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले संगठनको उद्देश्य हासिल गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए।

सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्त्वपूर्ण हुने भएकाले संगठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्त्वपूर्ण भएको उनीहरूको भनाइ थियो।

प्रकाशित: ३० मंसिर २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast