लोक सेवाले माग्यो २ सय ७३ कर्मचारी

हिमाल प्रेस २७ मंसिर २०८० ८:३६
86
SHARES
लोक सेवाले माग्यो २ सय ७३ कर्मचारी

काठमाडौँ- लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २ सय ७३ कर्मचारी माग गरेको छ।

आयोगले बुधबार सूचना प्रकाशित गरी न्याय, परराष्ट्र र मानव अधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्यायतर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २ सय ३ जना र मानव अधिकारतर्फ २ जना कर्मचारी मागेको छ।

आयाेगका अनुसार आगामी पुस १७ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। उम्मेदवारहरूले आयोगको वेबसाइटबाट दरखास्त दिन सक्नेछन्।

दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय रुपैयाँ निर्धारण गरिएको छ। परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

प्रकाशित: २७ मंसिर २०८० ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =