नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्जवल बज्राचार्यलाई

हिमाल प्रेस २१ मंसिर २०८० १३:१५
54
SHARES
नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्जवल बज्राचार्यलाई

काठमाडौँ- नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन्।

संघको सभापति दुजाङ शेर्पा आज भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत जानेक्रममा अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्।

बज्राचार्यलाई संघको विधान ०७५ अनुसार कार्यवाहक जिम्मेवारी तोकिएको छ। ७ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन्।

शेर्पा अध्यक्ष भएपछि पहिलो पटक बज्राचार्यले कार्यवाहक अध्यक्ष हुने मोका पाएका छन्।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि बज्राचार्यले संगठनको कामकारवाहीमा अध्यक्षको अभाव महसुस हुन नदिने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: २१ मंसिर २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =