इटहरीमा एक महिलाको हत्या

हिमाल प्रेस १८ मंसिर २०८० १६:२६
12
SHARES
इटहरीमा एक महिलाको हत्या

इटहरी– इटहरीमा एक महिलाको हत्या भएको छ। इटहरी २ राईचोकस्थित एकल महिला मधुमाया पुरीको आज (सोमबार) दिउँसो ३ बजेतिर हत्या भएको हो। स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ।

‘हामी घटनास्थलमै छौँ। घटनाको कारणबारे खुल्न बाँकी छ,’ डीएसपी टेकबहादुर कार्कीले भने, ‘आपसी झगडामा हत्या भएको देखिन्छ। संलग्नलाई नियन्त्रणमा लिएका छौँ।’

प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १८ मंसिर २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =