नेपाली जुत्ताघरको नयाँ शोरुम सातदोबाटोमा

हिमाल प्रेस १७ मंसिर २०८० १८:१४
248
SHARES
नेपाली जुत्ताघरको नयाँ शोरुम सातदोबाटोमा

काठमाडौँ- नेपाली जुत्ता चप्पल उत्पादक समुहले नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरेको छ। स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारणाअन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाँचौँ शोरुम हो। यसअघि पोखरा, बुटवल, जनकपुर र न्युरोडमा चारवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित उक्त सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे। मन्त्रीले नेपाली उत्पादनको प्रवर्द्धनको लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने बताए। साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्‍याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई धन्यवाद दिए।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिति रहेको थियो। साथै, विभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धी हुने र यसले उत्पादक र उपभोक्ता दुवै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरू प्राप्त गर्दछन्। सातदोबाटो नेपाली जुत्ता घरमा वी एफ डियर हिल र वी एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, कस रोड शुज, डी.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन्।

उद्योगीहरूको यस समुहद्धारा आगामी दिनमा देशभरका विभिन्न स्थानहरूमा नयाँ शोरुमहरू खोल्ने र उपभोक्ताहरूलाई गणस्तरीय उत्पादनहरू उपलब्ध गराउने जानकारी गरायो। साथै, देशको दिगो आर्थिक विकासका लागि आफ्नै देशको श्रम तथा सीपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरूको विकास विस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको छ।

प्रकाशित: १७ मंसिर २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =