आँचल अभिनीत ‘हिटम्यान’को पोस्टरसहित टिजर सार्वजनिक

हिमाल प्रेस १७ मंसिर २०८० १७:५४
20
SHARES
आँचल अभिनीत ‘हिटम्यान’को पोस्टरसहित टिजर सार्वजनिक

काठमाडौँ– अभिनेत्री आँचल शर्मा अभिनीत तेलुगु फिल्म ‘हिटम्यान’को नयाँ पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।

टिजरमा फिल्मका मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् तर आँचलको भने कुनै पनि दृश्य समावेश छैन। पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नअटाएको गुनासो गरिन्। यसै प्रसंगमा फिल्मको कलाकार, लेखक तथा  निर्देशक विष्णु अधिकारीले  आगामी ट्रेलरमा भारतसँगै नेपाली दृश्य र कलाकारसमेत देखाइने बताए।

उनी पोस्टरमा भने विष्णुसँगै देखिएकी छन्। तेलुगु फिल्म भएता पनि आफूले फिल्ममा नेपाली भाषानै बोलेको आँचलले जानकारी दिइन्। ‘फिल्म तेलुगु भए पनि मैले नेपाली भाषा नै बोलेकी छु,’ आँचलले भनिन् ‘तर मैले केही तेलुगु भाषा सिक्ने अवसर पाएँ।’ फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिजापति पनि मुख्य भूमिकामा छन्।

फिल्म नेपालको काठमाडौँ, पोखरासहित भारत, फ्रान्सको पेरिस तथा दुबईमा छायांकन गरिएको छ। फिल्मले  नेपालको सुन्दरता प्रस्तुत गर्ने निर्देशक अधिकारीको  भनाइ छ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा प्रदर्शन गर्ने भनिएको फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। कार्यक्रममा निर्देशक अधिकारीले केही दिनमा प्रदर्शन मिति सार्वजनिक गर्ने बताए।

फिल्म नेपालीसहित हिन्दी, तेलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाइनिज गरी १० भाषामा एकैसाथ प्रदर्शन गरिने छ।

दीपक अधिकारी निर्माता रहेको फिल्ममा सन्नी लावती सह-निर्मातामा छन्। फिल्म ९९ सिनेमाज् र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा बनेको छ।

प्रकाशित: १७ मंसिर २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =