सैनिक आवासीय महाविद्यालयमा बीबीए भवनको शिलान्यास

हिमाल प्रेस १५ मंसिर २०८० १९:४२
90
SHARES
सैनिक आवासीय महाविद्यालयमा बीबीए भवनको शिलान्यास

काठमाडौँ- सैनिक आवासीय महाविद्यालय पोखरामा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरेका छन्। महाविद्यालयको १९औँ वार्षिकोत्सवका अवसरमा आज (शुक्रबार) भवनको शिलान्यास गरेका हुन्।

सोही अवसरमा बीबीए पठनपाठनको औपचारिक थालनीसमेत भएको सेनाले जनाएको छ। वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै प्रधानसेनापतिले उक्त महाविद्यालयको वार्षिक मुखपत्र फूलबारी विमोचन गरे।

सेनाका अनुसार महाविद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रधानसेनापतिले पुरस्कारसमेत वितरण गरेका थिए।

प्रकाशित: १५ मंसिर २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =