संसद्‌को महासचिव सिफारिसमा राज्यव्यवस्था समितिका सभापतिको आपत्ति

हिमाल प्रेस २५ मंसिर २०८० १७:१२ | Monday, December 11, 2023
संसद्‌को महासचिव सिफारिसमा राज्यव्यवस्था समितिका सभापतिको आपत्ति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा।

काठमाडौँ- संसद् सचिवालयको नयाँ महासचिव सिफारिसप्रति राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले प्रश्न उठाएका छन्। उनले किन हतारोमा सिफारिस गरिएको हो? भन्दै सामाजिक सञ्जाल ट्विटर ‘एक्स’मा प्रश्न उठाएका हुन्।

‘राष्ट्रिय सभामा २० जना माननीयको पदावधि अर्को महिना सकिँदै छ। २० मा अध्यक्ष पनि हो’, खतिवडाले लेखेका छन्, ‘तर, पदावधि समाप्त हुन लागेको व्यक्तित्वबाट नयाँ नियुक्तिको सिफारिस कति हतार गरेको हो?’

उनले सदनमा महासचिव चाहिने भए पनि आजै राजीनामा, आजै सिफारिस गरिएको भन्दै आशंका व्यक्त गरेका छन्। सिफारिस व्यक्तिको योग्यतामा प्रश्न नभएको पनि उल्लेख गरेका छन्।

महासचिव भरत गौतमले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए। उनले पदावधि सकिन ८ महिना बाँकी छँदै राजीनामा दिएका हुन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ महासचिवका लागि पद्मप्रसाद पौड्याललाई सिफारिस गरेका छन्।

संसद्‌को महासचिवमा पाण्डेको नाम सिफारिस

संसद्‌का महासचिव भरतराज गौतमले दिए पदबाट राजीनामा

प्रकाशित: २५ मंसिर २०८० १७:१२ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast