य‍स्ताे छ शिवम भण्डारीको पहिलो गीत ‘कोसौं दूर’

हिमाल प्रेस २४ कार्तिक २०८० १२:५१
416
SHARES
य‍स्ताे छ शिवम भण्डारीको पहिलो गीत ‘कोसौं दूर’

काठमाडौँ– शिवम भण्डारीको ‘कोसौं दूर’ बाेलकाे पहिलो गीत सार्वजनिक भएको छ। गीत शिवमकै स्वर, शब्द र संगीतमा बनेको छ। गीतको संयोजन किरण कँडेलले गरेका छन्।

मार्मिक गीतको भिडियोमा पछिल्लो समयमा युवाहरु विदेशिनुको पीडा र राजनीतिक दलले यूवामा फैलाएको झुठो आश्वासनलाई  देखाउन खोजिएको छ।

सञ्जीव रावल ‘सिमसिम’को निर्देशनमा बनेको गीतकाे भिडियोमा दिवश नाथ, सविना धामी, सुवाश बोम्जन, बोन्दिता धामी, मनिराम गिरी र भीमबहादुर पाण्डेयलगाएतका कलाकारको अभिनय छ।

गीत सदिक्षा फिल्म्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रकाशित: २४ कार्तिक २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =