‘पृथ्वीनारायणको एकीकरण अभियानपछि नेपालमा सबैभन्दा ठूलो विद्रोह जनयुद्ध हो’

हिमाल प्रेस २३ कार्तिक २०८० १९:१८
8
SHARES
‘पृथ्वीनारायणको एकीकरण अभियानपछि नेपालमा सबैभन्दा ठूलो विद्रोह जनयुद्ध हो’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै प्रधानमन्त्रीले १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौता मुलुकको राजनीतिक प्रक्रियाको ठूलो महत्त्व रहेको बताए। उनले पुनको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारीको प्रतीक भएको बताए।

प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको बताए। ‘पृथ्वीनारायण शाहको आधुनिक नेपाल निर्माण अभियानपछि सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो। त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेँ। त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ। अहिले यसमाथि विभिन्न खालका बहस पनि छन्। एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ,’ प्रधानमन्त्रीले भने।

घोस्ट राइटिङ नेपाल, लेखन कुञ्जद्वारा प्रकाशित उक्त पुस्तकमा जनमुक्ति सेनाको कमाण्डरदेखि उपराष्ट्रपतिसम्मका विभिन्न भोगाइ र अनुभूतिलाई प्रस्तुत गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =