समस्या पहिचान गरेर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

हिमाल प्रेस २३ कार्तिक २०८० १९:१०
4
SHARES
समस्या पहिचान गरेर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्ने बताएकी छिन्। साथै उनले समस्याका सूची बनाएर समाधान गर्दै जान निर्देशन दिइन्।

मन्त्रालयले आज (बिहीबार) आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्रालय र मातहत निकायको लक्ष्य हासिलमा भइरहेको ढिलाइको कारण पहिचान गरी अवगत गराउन निर्देशन दिएकी हुन्।

‘हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौँ भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौँ भनेर समस्याको पहिचान गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो मन्त्रालयको आन्तरिक कारणले नभएका के–के हुन्? हामीले गर्न नसकेका काम के–के हुन्? हाम्रो समन्वय नभएर अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेका विषय के–के हुन्? यस्तै समग्र हिजोका सरकार, हिजोका दायित्वलगायतका नभएका काम के–के हुन्?’ यसको पहिचान गरी काम गर्न मन्त्री शर्माले निर्देशन दिए।

प्रकाशित: २३ कार्तिक २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =