 
                             
                                            काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले न्युजिल्याण्डलाई १७२ रनको लक्ष्य दिएको छ। भारतको बेंगलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुँदै १७१ रन बनाएको हो।
श्रीलंकाका लागि कुसल परेराले ५१ रन तथा महीश थिकशानाले ३८ रनको योगदान दिए। त्यस्तै धनन्जय डी सिल्भाले १९, दिल्शान मदुशंकाले १९ तथा एन्जलो म्याथ्युजले १६ रनको इनिङ्स खेले।
न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए। त्यस्तै टिम साउथीले १, लकी फर्गसन २, मिचेल सान्टर र रचिन रवीन्द्रले २-२ विकेट लिए। जारी विश्वकपमा श्रीलंका ८ जितमा ४ अंकसहित ९औँ तथा न्युजिल्याण्ड ८ अंकसहित चौथो नम्बरमा छ।
न्युजिल्याण्डले श्रीलंकासँगको खेल जितेमा प्रतियोगिताको सेमिफाइनल सम्भावना बलियो हुनेछ।
                            प्रकाशित: २३ कार्तिक  २०८० १८:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 