३० दिनभित्र प्रहरी समायोजन नगरे आन्दोलन गर्ने मधेश सरकारको चेतावनी

हिमाल प्रेस २२ कार्तिक २०८० १८:२९
218
SHARES
३० दिनभित्र प्रहरी समायोजन नगरे आन्दोलन गर्ने मधेश सरकारको चेतावनी

काठमाडौँ- मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ। आज बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजनको माग राखेर सरकारलाई बिहीबार ज्ञापनपत्र बुझाउने र कार्यान्वयन नभए आन्दोलन गर्ने तयारी भएको बताएका हुन्।

उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठेरो भएको गुनासो गरे। ‘प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन। जबकि संघले पनि प्रहरी ऐन बनाइसकेको छ,’ उनले भने, ‘तर कार्यान्वयनमा आएको छैन। यस्तै निजामती ऐनलगायतका धेरै विषयहरू छन्। प्रदेशलाई हस्तान्तरण गरिएको छैन। जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठेरो छ। दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ। ३० दिनको समय दिएर। ३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणबद्ध आन्दोलनतिर लाग्छौँ।’

प्रकाशित: २२ कार्तिक २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =