भारतले शिक्षण अस्पतालमा बनाएको ‘बर्थिङ सेन्टर’ हस्तान्तरण

हिमाल प्रेस २१ कार्तिक २०८० २१:२२
6
SHARES
भारतले शिक्षण अस्पतालमा बनाएको ‘बर्थिङ सेन्टर’ हस्तान्तरण

काठमाडौँ- भारत सरकारले अनुदानमा बनाइदिएको मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर’ शिक्षण अस्पताललाई हस्तान्तरण गरेको छ।

नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई बर्थिङ सेन्टर मंगलबार हस्तान्तरण गरेको हो।

दूतावासले अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त बर्थिङ सेन्टरको संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

उक्त समारोहमा राजनीतिक प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरू पनि सहभागी थिए।

सोही अवसरमा भारतीय अनुदान सहयोगअन्तर्गत नेपालका बैतडी र मुस्ताङमा अनुमानित लागत १३ करोड रुपैयाँ लागतका थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको दूतावासले जानकारी दिएको छ।

प्रकाशित: २१ कार्तिक २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =