‘म प्रधानमन्त्री बन्न सक्छु?’ प्रकाशित

हिमाल प्रेस २१ कार्तिक २०८० १९:२०
10
SHARES
‘म प्रधानमन्त्री बन्न सक्छु?’ प्रकाशित

काठमाडौँ- साङ्ग्रिला मिडिया ग्रूपले बालबालिकालाई नेपालका प्रधानमन्त्रीको भूमिकाबारे परिचयात्मक जानकारी दिने पुस्तक “म प्रधानमन्त्री बन्न सक्छु?” प्रकाशित गरेको छ।

पुस्तकमा बालबालिकालाई अधिकार तथा कर्तव्य बुझाउँदै नेपालमा प्रधानमन्त्रीको चयनदेखि प्रधानमन्त्री कहाँ बस्छन् र के काम गर्छन्, प्रधानमन्त्रीको तलबजस्ता विषय समटिएका छन्।

साथै, पुस्तकले संघीय व्यवस्था, लोकतन्त्रका लागि भएका आन्दोलन, राज्यका अंगहरू, संसद्‍ र सांसदको काम, संविधान, नागरिकप्रतिको जवाफदेहितालगायत विषयमा सरल जानकारी दिने प्रकाशकको भनाइ छ।

प्राथमिक तहका बालबालिकाका लागि प्रकाशित पुस्तकलाई भूमि घिमिरे र कर्मा तामाङले लेखेका हुन्। लेखक आन्विका गिरीले सम्पादन गरेको पुस्तकमा अनामिका गौतमले चित्र बनाएकी हुन्। अभिभावक तथा शिक्षकको सहयोगले पूर्वप्राथमिक तहका बालिबालिकाले समेत यस पुस्तकबाट लाभ लिन सक्ने उनीहरूको भनाइ छ।

किताबकी एक लेखक भूमि घिमिरे सामन्ती सोचबाट नेपाली समाज गुज्रिरहेकाले सरकारलाई प्रश्न गर्ने, जवाफदेही बनाउने र बालबालिकालाई स्वतन्त्र राजनीतिको चेत हुने संस्कृति बसोस् भन्ने उद्देश्यले यो पुस्तक लेखेको बताउँछिन्।।

अर्की लेखक कर्मा तामाङ विवेकशील पार्टीसँगको १० बर्से अनुभवमा नेपालीले राजनीतिक गफ धेरै गरे पनि राजनीतिक चेतना भने विकसित नभएको बताउँदै बालबालिकालाई सानै उमेरदेखि नै राजनीति र समाजबारे सूसुचित गराउन आफूले यो पुस्तक लेखेको बताउँछिन्।

लेखकद्वयले यो पुस्तक धेरैभन्दा धेरै बालबालिकाको हातमा पुगोस् भन्ने हेतुले शिक्षा तथा बालबालिकाको क्षेत्रमा काम गरिररहेका व्यक्ति तथा संस्थालाई यो पुस्तक वितरण गरिदिन पनि अपिल गरेका छन्। यस सम्बन्धि थप जानकारी कर्मा तामाङ डटकममा उपलब्ध छ।

प्रकाशित: २१ कार्तिक २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =