दुर्गम क्षेत्रको शैक्षिक सुधारका लागि अमेरिकामा रकम संकलन

हिमाल प्रेस २० कार्तिक २०८० १०:१८
10
SHARES
दुर्गम क्षेत्रको शैक्षिक सुधारका लागि अमेरिकामा रकम संकलन

न्युयोर्क- डिजिटल ब्रिजेज फर नेपालले बाइक एन्ड वाक फर नेपाल फन्ड रेजिङ कार्यक्रम आयोजना गरेको छ। न्युयोर्कको क्विन्समा अवस्थित कोरोना पार्कमा गएको आइतबार आयोजित कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली तथा विदेशी सहभागी भए।

सहयोग रकम नेपालका दुर्गम जिल्लामा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टरमा कार्यरत शिक्षकको तालिममा खर्च गरिने डिजिटल ब्रिजेज फर नेपालको प्रेसिडेन्ट एडमन्ड एन्टोइनले जानकारी दिए।

एडमन्लेड डिजिटल ब्रिजेज फर नेपालले दुर्गम गाउँका विद्यार्थी र सहरको विद्यार्थीबीचको शैक्षिक दुरी कम गर्न कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरी काम गरिरहेको बताए।

उनले विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिराख्न र आफ्नो समुदायलाई कम्प्युटर शिक्षामार्फत योगदान गरेर समुदायसँग जोडिन अनुरोध गर्दै सहयोगका लागि सबैसँग आह्वान गरे।

डिजिटल ब्रिजेज फर नेपालले सोलुखुम्बको सोताङ, मनाङको थोन्चे, मुस्ताङको घराप्झोङ, विराटनगरको बैजनाथपुर, गोरखाको तान्द्राङमा र काठमाडौँ युनिभर्सिटी हात्तीवनमा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरेको छ। विदेशीले नेपालका लागि काम गरेको देखेर आफूहरूले पनि यो अभियानमा सहयोग गरेको सहभागीहरूले बताए।

कार्यक्रम संयोजन मच्छे गुरुङ, प्रोफेसर जीवन गुरुङ र संस्थाका सदस्य लिन स्काबरले गरेका थिए। कार्यक्रममा व्यवसायी तथा एनआरएन अभियन्ता नवीन शेरचनले कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरेर कम्प्युटर शिक्षामार्फत आफ्नो गाउँ मुस्ताङको घराप्झोङका लागि योगदान गर्न पाएकोमा गर्व लागेको बताए। उनले दुर्गम ठाउँमा यस्तो सेन्टर खोल्न मद्दत गर्न अनुरोध गर्दै अभियानमा जोडिन उपस्थित सबैलाई आग्रह गरे।

घ्याल्सुम्दो सेवा संस्थाका पूर्वसचिव राजु गुरुङले डिजिटल ब्रिजेज फर नेपालसँगको सहकार्यमा मनाङको थोन्चेमा कोलाबोरेटिभ लर्निङ इन्भाइरोमेन्टल सेन्टर स्थापना गरेका समुदायसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। प्रोफेसर जीवन गुरुङले विदेशीले नेपालका लागि काम गरिरहेको देखेर आफू अभियानमा जोडिएको बताए। गुरुङले अभियान एउटा लङटर्म इन्भेस्टमेन्ट भएकाले यो अभियानमा जोडिएका उपस्थित सहभागीलाई धन्यवाद दिए।

द गुरुङ (तमु) सोसाइटीका सल्लाहकार गौतम गुरुङले अभियान नेपालका बालबालिकाको क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण हुने बताए। घ्याल्सुम्दो सेवा संस्थाका पूर्वसचिव राजु गुरुङ, यूएस नेपाल क्लाम्बर्स एसोसिएसनका अध्यक्ष तथा रक क्लाम्बर पासाङ निमा शेर्पा तथा अन्य कार्य समिति सदस्य सहभागी थिए। सहभागीहरूले विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गरेका आरोहीसँग प्रत्यक्ष भेट हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।

कार्यक्रममा ६ पटक सगरमाथा हिमाल आरोहण गरेका निमा ग्याल्जेन शेर्पालगायत अन्य हिमाल आरोहीसमेत सहभागी थिए।  द गुरुङ (तमु) सोसाइटीका निवर्तमान अध्यक्ष तोरण गुरुङले अभियानमा जोडिन पाउँदा खुसी लागेको बताउँदै भविष्यमा पनि आफूले सहयोग गर्ने बताए।

कार्यक्रममा द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष ओम गुरुङ, समाजसेवी केशवराम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका पूर्व अध्यक्ष लक्यान लामा, प्रवासी नेपाली एकता मञ्चका पूर्व संयोजक टेक गुरुङ, नाट्य कलाकार गोपाल अर्याललगायत विभिन्न संस्थाका प्रतिनिध सहभागी थिए। आयोजकका तर्फबाट मच्छे गुरुङले कार्यक्रममा उपथित भई सहयोग गरी अभियानमा जोडिएकोमा सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा १४ सय डलर बढी रकम संकलन भएको थियो।

प्रकाशित: २० कार्तिक २०८० १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =