जुवातास खेलिरहेका २१ जना पक्राउ

हिमाल प्रेस २० कार्तिक २०८० ७:२८
6
SHARES
जुवातास खेलिरहेका २१ जना पक्राउ

काठमाडौँ- विभिन्न स्थानबाट जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन्।

गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ की डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पालगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

नगद ५४ हजार ७५० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

भक्तपुर नगरपालिका ३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका ९ का २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नगद २५ हजार ६५५ रुपैयाँसहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका ४ मानवअधिकार चोकबाट स्याङ्जा वालिङ ३ का ३२ वर्षीय यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नगद ४६ हजार ९७५ रुपैयाँसहति पक्राउ गरेको हो।

प्रकाशित: २० कार्तिक २०८० ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =