म्यानपावरको कार्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

हिमाल प्रेस १९ कार्तिक २०८० १३:१४
8
SHARES
म्यानपावरको कार्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सम्पूर्ण व्यवसायीलाई आफ्नो कार्यालयमा सूर्यचन्द्र अंकित राष्ट्रिय झण्डा राख्न सूचना जारी गरेको छ। साथै,संघको झण्डा अनिवार्य रुपमा प्रयोगमा ल्याउन व्यवसायीहरूलाई सूचनामार्फत जानकारी गराएको हो।

नेपाली नागरिक भएका नाताले देशप्रति र वैदेशिक रोजगार व्यवसायलाई सम्मान गर्नका लागि राष्ट्रिय झण्डा राख्न लागिएको संघका कार्यवहाक अध्यक्ष डिकबहादुर खत्रीले जानकारी दिए।

आस्था र सम्मान देखाउन दुवै झण्डाको प्रयोगमा ल्याउन आवश्यक भएको र म्यानपावर कम्पनी सञ्चालकको कार्यकक्षमा दायाँतर्फ राष्ट्रिय झण्डा र बायाँतर्फ संघको व्यावसायिक झण्डा राख्नसमेत आग्रह गरेको उनको भनाइ छ।

प्रकाशित: १९ कार्तिक २०८० १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =