आईपीओभन्दा तल झर्‍यो सोनापुरको सेयर मूल्य

हिमाल प्रेस १५ कार्तिक २०८० १४:०६
आईपीओभन्दा तल झर्‍यो सोनापुरको सेयर मूल्य

काठमाडौँ– सोनापुर मिनिरल्स एण्ड ओयल लिमिटेडको सेयर मूल्य आईपीओको भन्दा तल झरेको छ।

१२ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु भएको यो कम्पनीको मूल्यमा तीन दिन लगातार नकारात्मक सर्किट लागेको थियो। आज दिउँसो २ बजेसम्म ७.५२ प्रतिशतले घटेको छ।

२ बजे सोनापुरको सेयर मूल्य प्रतिकित्ता २३६ रुपैयाँ कायम भएको छ। जबकि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो।

सोनापुरको दोस्रो बजारको कारोबार ३५० रुपैयाँ प्रतिकित्ताका दरले सुरु भएको थियो। दाङमा रहेको उद्योगबाट कम्पनीले सोना, सोनाटेक, सोनाली, सोनाचाँदीलगायत ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

 

सर्वसाधारण ठग्ने औजार बन्यो प्रिमियम आईपीओ

प्रकाशित: १५ कार्तिक २०८० १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =