जाडोमा मसला चियाका फाइदा

हिमाल प्रेस १० मंसिर २०८० ७:१२
32
SHARES
जाडोमा मसला चियाका फाइदा

तपाईंहरू मध्ये धेरैले जाडोमा मसला चिया पिउनुभएको होला। वास्तवमा मसला चिया बनाउन अलैँची, ल्वाङ्ग, कालो मिर्चा, अदुवा जस्ता सबै मसलाहरू प्रयोग गरिन्छ।

यी मसलाहरूमा तातोपन हुनाले हाम्रो शरीरलाई न्यानो राख्न मद्दत गर्छ। तर जाडोमा दैनिक मसला चिया पिउनु फाइदाजनक छ? के यसको दैनिक उपभोगले शरीरलाई हानी पुर्‍याउँछ? यी प्रश्नहरूको जवाफ पूनम डाइट एण्ड वेलनेस क्लिनिक एण्ड एकेडेमीको न्यूट्रिफाइकी निर्देशक पूनम दुनेजाले दिएकी छिन्।

आहारविज्ञ पुनम दुनेजाका अनुसार जाडोमा दैनिक मसला चिया पिउन सकिन्छ। विशेषगरी जाडोमा यसको उपभोग बढी फाइदाजनक मानिन्छ।

मसाला चियामा अदुवा, अलैँची, कागती, दालचीनी, ल्वाङ्गजस्ता सामग्रीहरू हुन्छन्। जुन एन्टिअक्सिडेन्टसँगै धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ। यसको दैनिक सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा न्यानोपन कायम राख्छ।

यसको थोरै मात्रा उपभोग गर्नाले पाचन क्रियालाई गति दिनुका साथै तनाव र चिन्ताबाट पनि राहत मिल्छ।

ताैल घटाउन सहयोगी

मसला चियामा दालचीनीको प्रयोगले शरीरमा ग्लुकोजको स्तर नियन्त्रण गरेर तौल घटाउन मद्दत गर्छ। यसको उपभोगले शरीरबाट अतिरिक्त क्यालोरी पनि कम हुन थाल्छ।

पाचनका लागि लाभदायक

यस चियामा प्रयोग हुने मसला जस्तै अलैँची, कालो मिर्चा, सुप र दालचीनीले पनि पाचन प्रक्रियालाई छिटो बनाउन मद्दत गर्छ। यसको सेवनले पाचनसम्बन्धी समस्याबाट मुक्ति मिल्छ। वन्लीहेल्थ डटकमबाट अनुवाद

प्रकाशित: १० मंसिर २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =